बिजिनेसाको चौथो साधारण सभाबारे जानकारी

British Gurkha Nepal Ex – Servicemens’ Association (BGNESA) – Fourth Annual General Meeting (4th AGM)

BGNESA UK को चौथो अधिबेसन – 19 April 2025

BGNESA UK को चौथो अधिबेसन कार्य समितिको मिति २१ March 2025 बैठकको निर्णयानुसार शानिबार १९ April 2025 मा नेपाली कांग्रेसको सह महामन्त्री माननीय श्री भीष्मराज अडदेम्बेको प्रमुख अथितित्वमा हुने कार्यक्रम निम्नानुसार छ।
Details
Date:-Saturday 19 April 2025
Venue:- Gurkha Capricorn, 4 Lakedale Road, Plumstead, London, SE18 1PP
Time:-12:30pm assemble for 1pm start opening ceremony.

अधिबेसन संयोजक:- श्री दिल बहादुर जि सी

सबै जनाले उक्त दिन छुट्टी मिलाई सम्पुर्ण परीवारका सदस्यहरू को साथ उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछ। प्रजातन्त्र, लोकतन्त्रिक जन गनतन्त्रमा बिस्वास गर्नु हुने सम्पुर्ण भुत पुर्ब सैनिकहरु लाई BGNESA UKको सदस्यता बितरण गरि, पुरानोको हकमा नबिकरण गरि नियनानुसार अधिबेसनमा उपस्थित गराईदिनु हुन थप अनुरोध गर्दछ।

निर्बाचन समिति
संयोजक:- श्री ओम बहादुर गुरूड
सदस्य:- श्री सेर सुनार
सदस्य:- श्री रन्जन मल्ल
बन्द सत्र निर्बाचन प्रक्रिया:-३ बजे

निर्बाचन प्रक्रियाको छुट्टै कार्यतालिका पछि प्रकासित हुने छ।

भवदिया
श्री दिल बहादुर जि सी

उपाध्यक्ष तथा अधिबेसन संयोजक

हार्दिक श्रद्धान्जली

नेपाल भूत पूर्ब सैनिक संघ कास्कीको निवर्तमान अध्यक्ष, ताङतिङ दुध पोखरी तमु समाज पोखराको निबर्तमान अध्यक्ष, क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज कास्कीको निबर्तमान उपाध्याक्ष, ताङतिङ पोखरा घोताने परिवारका निवर्तमान महासचिव, श्री हिमालय मिलन प्रा. बि. ताङतिङको भूत पूर्ब प्रधानध्यापक, तथा समाजसेवी तथा शिक्षाप्रेमी अनेरी सु.मे. हेम प्रसाद गुरुङको अस्ति मिति– २०८१ साल चैत्र १८ गते सोमबार ७५ बर्षको उमेरमा स्वर्गरोहण भएको दुखद खबरले ब्रिटिश गोर्खा नेपाल भुपु सैनिक संघ (बिजिनेसा) बेलायत मर्माहत अनि स्तब्ध भएका छौ । स्वर्गीय हेम प्रसाद गुरुङज्युले सामाजिक सेवाहरुमा (बिशेष गरेर नेपाल भुतपुर्ब सैनिक संघमा) पुरयाउनुभएको योगदान अतुलनिय रहेका छन् । उहाँको निधनले समग्र नेपाल भुतपुर्ब सैनिक संघलाई ठुलो क्षती भएको छ । यस दुःखद समयमा शोककुल परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दै दिबंगत आत्माको चीर शान्तीको कामना गर्दछौं ।

केश बहादुर गुरूड
अध्यक्ष
ब्रिटीश गोर्खा नेपाल

GURKHA NEWS

GURKHA VIDEOS